काठमाडौं । भिजिट भिसा प्रकरणमा संलग्नताको आरोप लगाउँदै गृहमन्त्रीको राजीनामा मागिरहेका विपक्षी दलहरू आफ्नो अडानबाट पछि हटेका छन् ।
राजीनामा माग्दै १२ जेठबाट सदन अवरुद्ध गर्दै आएका विपक्षी दलले प्रतिनिधिसभाको आजको बैठक चल्न दिने भएका हुन् । यसका लागि उनीहरूले भिजिट भिसा प्रकरणमा छानबिनका लागि सरकार तयार हुनु पर्ने शर्त राखेका छन् ।
भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका गृहमन्त्री लेखकले सदनमार्फत् धारणा व्यक्त गर्न सभामुखसँग पटकपटक समय लिए पनि विपक्षीले बोल्न दिएका थिएनन् ।
मंगलबार भने विपक्षी दलहरूले गृहमन्त्रीलाई बोल्न दिने भएका छन् । तर, त्यसका लागि सरकारले भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकार तयार भए गृहमन्त्रीलाई बोल्न दिने विपक्षीको भनाइ छ । यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।
१५ जेठमा बजेट प्रस्तुत गरिसकेको भए पनि सदन अवरुद्ध हुँदा बजेटमाथिको छलफल प्रभावित हुने अवस्था छ । त्यसैले सभामुख देवराज घिमिरले सदनको अवरोध खुलाउने प्रयास स्वरूप आज बिहान प्रमुख दलहरूको संयुक्त बैठक बोलाएका थिए ।
त्यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बैठक बसेको थियो । सो बैठकमा पनि सदनको गतिरोध खुलाउन सत्तापक्षले आग्रह गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० जेठ २०८२, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभामुखलाई हटाउने काँग्रेस-एमालेको तयारीलाई असफल पार्ने विपक्षी दलहरूको निर्णय
उपसभामुख हटाउने सत्ताधारीको तयारीविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको बैठक
उपसभामुख हटाउने सत्तापक्षको तयारीपछि विपक्षी दलहरूले बोलाए बैठक
मधेश प्रदेश सभामा विपक्षी दलहरूको अवरुद्ध
विपक्षी दलहरूको बैठक बस्दै
रास्वपाको ५ बुँदे प्रस्तावमा सत्ता पक्षलाई मनाउन प्रयास गर्ने विपक्षी दलको निर्णय