काठमाडौँ । प्रतिनिधि सभा बैठक अघि विपक्षी दलहरूको बैठक बस्ने भएको छ । प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न विपक्षी दलहरूको बैठक बस्न लागेको हो ।
नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत विपक्षी दलको बैठक बस्न लागेको हो । गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने उनीहरूको तयारी छ ।
संसद् बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । सदनको अवरोध खोल्न हिजो शीर्ष तीन दलको बैठक बसे पनि सहमति जुट्न सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० जेठ २०८२, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटन नगर्न बिन्ती गर्दै सीके राउतले अघि सारे सातबुँदे प्रस्ताव
संसद्को लाइभ बन्द हुने
प्रधानमन्त्रीको सम्बोधनमा रास्वपाले संसद् अवरोध नगर्ने
आज सङ्घीय संसद्का दुवै सदनकाे बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
संसद्को विधायन समितिले नागरिकता विधेयक अघि बढाउँदै
राप्रपा र रास्वपा आफ्ना कुरा राखेर आज पनि संसद् बैठकबाट बाहिरिए