काठमाडौँ । सार्वजनिक यातायात बन्द भएपछि सशस्त्र प्रहरी बलले पनि काठमाडौँमा नि:शुल्क बस चलाएको छ। उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरूको सहजताको लागि २ वटा बस सञ्चालन गरेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सञ्चालन हुने एउटा बस स्वयम्भू, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म संचानल हुनेछ भने अर्को बस स्वयम्भू, कलंकी, सातदोबाटो , कोटेश्वर , महाराजगन्ज हुँदै चक्रपथ परिक्रमा गर्ने छ।
ती बसमा सर्वसाधारणहरूले नि:शुल्क यात्रा गर्न पाउनेछन्। यातायात व्यवसायीहरूले विभिन्न माग राखेर यातायात बन्द गरेपछि नेपाल प्रहरीले पनि सोमबार काठमाडौँमा दुई वटा नि:शुल्क बस चलाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ जेठ २०८२, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्रको विशेष सर्कुलर, सीमा क्षेत्रमा उच्च सतर्कता
सशस्त्र प्रहरीमा २८ जना इन्सपेक्टरका लागि दरखास्त आह्वान
सशस्त्रका ६४० जवानलाई सहायक हवल्दारमा बढुवा गर्न सिफारिस (सूचीसहित)
सशस्त्रमा इन्सपेक्टरदेखि भान्सेसम्मका लागि खुल्यो जागिर
सशस्त्रका ४ डीआईजीको म्याद थप्ने प्रस्ताव मन्त्रिपरिषदमा
सशस्त्रका चार एसपी हेडक्वार्टर तानिए