काठमाडौँ। गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोक पुगेर विपद् व्यवस्थापनको पूर्वतयारीबारे ब्रिफिङ लिएका छन् ।
अन्य वर्षभन्दा एक साताअघि मनसुन भित्रिएका बेला उत्पन्न हुनसक्ने परिस्थितिलाई ध्यानमा राखेर गृहमन्त्री लेखक हल्चोक पुगेको मन्त्रालयका शान्ति, सुरक्षा महाशाखाले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार विगतका कमी कमजोरीबारे समेत छलफल गरेर यसपालि कुनै चुक हुन नदिने गरी तयारी गर्ने विषयमा छलफल भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयमा गृहमन्त्री लेखकसहित भएको कार्यक्रममा नेपाल प्रहरीका प्रमुख आइजिपी दिपक थापा पनि थिए ।
गत वर्ष विपद्का प्रतिकार्यमा काठमाडौँ उपत्यकामै समेत गृह प्रशासनको कमजोरी देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ जेठ २०८२, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग