काठमाडौं । नेपालको विद्युत र सिँचाइ सेवामा सुधार ल्याउने दुई परियोजनाका लागि विश्व बैंकले २५७ मिलियन अमेरिकी डलर (३५ अर्ब रुपैयाँ भन्दा धेरै) ऋण सहयोग स्वीकृत गरेको छ ।
विश्व बैंकको कार्यकारी निर्देशक समितिले मे २९ मा नेपालका लागि दुईवटा परियोजनाहरू स्वीकृत गरेको हो । यी परियोजनाको मूख्य लक्ष्य विद्युत् वितरण सेवामा सुधार ल्याउने र सिँचाइ सेवा सुधार गरी कृषि उत्पादकत्व वृद्धि गर्न सहयोग पुर्याउने रहेको विश्व बैंकले जनाएको छ ।
१२० मिलियन डलर लागतको विद्युत् आपूर्ति भरपर्दो बनाउने परियोजना अन्तर्गत कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विद्युत् वितरण सञ्जाललाई मजबुत बनाउने, नयाँ वितरण सबस्टेशन निर्माण गर्ने, विद्यमान सञ्जालहरू स्तरोन्नति गर्ने तथा वितरण सञ्जालको वास्तविक समय निगरानी गर्न स्वचालित प्रणाली कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ । यो परियोजना कार्यान्वयन नेपाल विद्युत् प्राधिकरणले गर्नेछ ।
१३७ मिलियन डलर भने रानी जमरा कुलरिया सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गतको आयोजनामा खर्च गर्ने लक्ष्य छ । यसले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा वर्षभरी सिँचाइ सुविधा विस्तार गर्ने, कृषि उत्पादनमा वृद्धि ल्याउने र जलवायु सहनशीलता मजबुत बनाउने काम गर्ने विश्व बैंकको भनाइ छ ।
यो परियोजना जलस्रोत तथा सिँचाइ विभाग र कृषि विभागले संयुक्त रूपमा कार्यान्वयन गर्दैछन् । यस परियोजनाबाट थप १७,५०० हेक्टर क्षेत्रफलमा वर्षभर सिँचाइ सुविधा पुग्ने र करिब १,६०,००० जनसङ्ख्या लाभान्वित हुने अनुमान छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ जेठ २०८२, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लाओसमा बढ्दो मुद्रास्फीतिले रोजगारी र जीवनस्तरमा गम्भीर असर’: विश्व बैंक
विश्व बैंक प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत
पुल सुधार कार्यक्रमका लागि विश्व बैंकद्वारा २० अर्ब ४० करोड स्वीकृत
विश्व बैंकबाट पाकिस्तानले पाउने भयो ४० अर्ब डलर
विश्व बैंकद्वारा नेपाललाई दिने साढे १३ अर्ब ऋण स्वीकृत
आयोजनाहरूको तयारी फास्ट ट्रयाकमा गरिने