दोलखा । नेपाली कांग्रेस राष्ट्रियसभाका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले जनप्रतिनिधिले नागरिकका अपेक्षा अनुसार काम गर्नुपर्ने बताएका छन् । उनले जनप्रतिनिधिले जिम्मेवार र जवाफदेहितासहित नागरिक हक अधिकारका लागि काम गर्नुपर्ने बताए ।
दोलखामा प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै नेता सिटौलाले जनप्रतिनिधि नागरिक प्रति जिम्मेवार बन्दै आर्थिक समृद्धिमा अघि बढ्नुपर्नेमा जोड दिए । सरकारले आफ्ना कार्यक्रम विकेन्द्रीकरण गर्नुपर्ने बताउँदै उनले सङ्घीयता पछिका विकास, नागरिकका सेवा र सहजताका विषयमा समीक्षा गर्नुपर्ने बताए । जनताका अधिकार, आर्थिक समृद्धिका लागि कानुनी र व्यवहारिकतामा सुधार गर्नुपर्नेमा उनको जोड थियो ।
नेपालले खेलकुद क्षेत्रमा राम्रो नतिजासहित राष्ट्रको गरिमा बढाएको उनको भनाई छ । खेलकुदको अनुशासन जस्तै राजनीतिमा पनि अनुशासन हुन जरुरी रहेको उनले बताए ।
कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले खेलकुदको बजेट दोब्बर बनाउने बताए । खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको उनले बताए । प्रदेश सरकारले सहर केन्द्रित खेलकुदका गतिविधि ग्रामीण क्षेत्रसम्म पुर्याउने काम गरेको समेत उनले बताए । नागरिकका समस्या हल गर्न र विकास निर्माणका काममा प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री काफ्लेको भनाई छ । युवा खेलाडीका विषयमा सरकारले प्राथमिकताका साथ आर्थिक उपार्जनमा जोड्ने गरी काम अघि बढाएको समेत उनले बताए ।
कार्यक्रममा प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले खेलकुदका संरचना निर्माणलाई गुणस्तर कायम गर्दै खेलकुदका गतिविधि सञ्चालनमा सरकारले जोड दिइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ जेठ २०८२, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्छ: कृष्णप्रसाद सिटौला
संघीय व्यवस्थाअनुसार मानसिकता नबदलिएकाले समस्या छ: नेता सिटौला
आन्तरिक एकता नभए बाह्य शक्तिको हस्तक्षेप भइ देश नै कमजोर हुन्छ : कृष्ण सिटौला
पूर्वराजाले राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्छ : सिटौला
सरकारले चाहे ज्ञानेन्द्रलाई नागार्जुनबाट हटाउन सक्छ : कृष्णप्रसाद सिटौला
सिटौला निवासमा कांग्रेस संस्थापन पक्षको भेला