काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने गरी आएको बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन ।
उनले सरकारले ल्याएको बजेट सकारात्म रहेको प्रक्रिया आएकाले बजेटको कार्यान्वयन पनि सकारात्मक रुपमा हुने विश्वास गर्न आग्रह गरे । ७.५ प्रतिशतको आर्थिक वृद्धिदर आहिसल गरेको विगत भएकाले ६ प्रतिशतको वृद्धिदर हासिल सम्भवन रहेको उनको भनाइ छ ।
अर्थमन्त्री पौडेलले भने, ‘बजेट निर्माणका सिद्धान्तलाई अनुसरण गरेर निर्माण गरिएको छ । सीमा पालना गरेर बजेट आएको छ । स्रोत व्यवस्थापन गरेर नै बजेट निर्माण गरिएको छ । राजस्वको अनुमान आगामी आर्थिक वर्षमा लक्ष्यहासिल हुने विश्वास छ । आर्थिक वर्ष सकिदै गर्दा प्रश्न गर्न सक्ने अवस्था आउन दिइने छैन ।’
अर्थमन्त्री पौडेलले लक्ष्य अनुसारको राजश्व संकलनको लागि थोरै मेहनत गर्न आवश्यक रहेको बताए । उनले भने, ‘ काम नगरेको अवस्थामा हासिल गर्न सकिदैन् । काम गरिएको अवस्थामा लक्ष्य हासिल गर्न सकिन्छ ।’
उनले सार्वजनिक ऋण कति पुग्यो भनेर हिसाव गरेर बस्ने भन्दा पनि साँवा ब्याज तिर्नका लागि पुग्ने ऋण लिने गरि बजेट आएको बताए । स्रोतको विषयमा चिन्ता नगर्नका लागि सबैलाई अर्थमन्त्रीले आग्रह गरे ।
अर्थमन्त्री पौडेलले आर्थिक विज्ञहरुबाट सकारात्मक सुझाब आएकाले आफू उत्साहित भएको बताए । खर्च गर्नु पर्ने क्षेत्र पनि देखाउने र खर्च बढाएको भन्ने कुरा आफैमा नमिल्दो रहेको उनको भनाइ छ । स्रोत परिचालन गर्न सकिने किसिमको बजेट आएको उनले बताए ।
अर्थमन्त्री पौडेलले साना–साना योजनामा बजेट लोड गरेर समस्या भइरहेको अवस्थामा कबजेटले त्यसलाई समाधान गरेको बताए । उनले छ स्रोतलाई दुरुपयोग गर्न दिन नहुने बताए । खुद्रा योजनामा बजेट होसियार रहेको उनको भनाइ छ ।
गत आर्थिक वर्षको र चालु आवको आर्थिक वृद्धिदर र मुद्रास्फीतिलाई लिएर आधार बनाएको उनले बताए । सरकारले गर्नु पर्ने काम सबैगर्छ भन्ने बजेटले निजी क्षेत्रलाई सन्देश दिएको बताए । उनले निजी क्षेत्रका सबै विधाका लागि काम गरिरहेको अवस्था रहेको उल्लेख गरे ।
अर्थमन्त्री पौडेलले युवा उद्यमीहरुलाई सशक्त रुपमा पहल गरेको दाबी थियो । उनले सरकार निजी क्षेत्रलाई अघि बढाउनका लागि सधै तयार रहेको छ । निर्माण क्षेत्रका समस्याका विषयमा पनि सरकारले समाधानका लागि काम गरेको छ । ऐन कानुनमा गर्नु पर्ने संशोधनका लागि पनि सरकार तयार रहेको उनको भनाइ छ ।
उनले आयोजना निर्धारीत समयमा बन्नु पर्ने सरकारको मुख्य उद्देय रहेकाले त्यसका लागि सरकारले गर्नु पर्ने सबै सहजिकरण गर्न तयार रहेको बताए ।
उनले डिजिटल बैंकिङमा जाने कुरा भनेको त्यसका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गरिने बताए । उनले त्यसमा राष्ट्र बैंक र सरकारले समन्वय गरेर काम गर्ने उल्लेख गरे । आयोजना ट्रान्समिसन लाइनहरुलाई सँगसँगै लैजानु पर्छ भन्ने उद्देश्य सरकारको रहेको उनले बताए ।
वातावरणमा प्रभाव नपर्ने गरी खनिज पदार्थको प्रयोग गर्नु पर्ने आवश्यकता रहेको र यो बजेटले त्यसमा ध्यान दिएको अर्थमन्त्री पौडेलले बताए । बजेटको कार्यान्यनमा सबैको सहयोग आवश्यक रहेको पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ जेठ २०८२, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नाफिजको पोस्ट बजेट कार्यक्रममा अर्थमन्त्री पौडेल सहभागी हुने
बजेट कार्यान्वयन आजैबाट सुरु हुन्छ : अर्थमन्त्री पौडेल
बजेट यथार्थपरक ल्याएको छु : अर्थमन्त्री पौडेल
व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछ : अर्थमन्त्री पौडेल
अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष राइजरबीच भेटवार्ता
अर्थमन्त्री पौडेललाई वर्षमानको प्रश्नः मैले गण्डकी त्रिभुज परियोजना ल्याउँदा राम्रो भन्नुहुन्थ्यो, कार्यान्वयन किन गर्नुभएन ?