काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले नयाँ वानेश्वरस्थित एभरेष्ट होटलमा आयोजना गर्न लागेको पोस्ट बजेट छलफल कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल सहभागी हुने भएका छन् ।
कार्यक्रम केही बेरमै सुरु हुने तयारी भइरहेको छ । चालू आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेटको समीक्षा र पत्रकार तथा विज्ञहरूसँग अन्तरक्रिया गर्न नाफिजले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा अर्थमन्त्री पौडेलले बजेटको मुख्य अंशबारे जानकारी दिँदै विभिन्न क्षेत्रका सरोकारवालासँग संवाद गर्ने बताइएको छ । नाफिजले आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि नियमित रूपमा पोस्ट बजेट छलफल आयोजना गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ जेठ २०८२, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सञ्चार क्षेत्रले सरकारका कमजोरी औँल्याउने र राम्रा काम जनतासम्म पुर्याउनुपर्छ’ : अर्थमन्त्री पौडेल
‘लगानीको वातावरण सिर्जना गर्न सरकार लागिरहेको छ’: अर्थमन्त्री पौडेल
‘मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य’: अर्थमन्त्री पौडेल
नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार कुनै कसर बाँकी राख्दैन’ : अर्थमन्त्री पौडेल
अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन सरकार गम्भिर छः अर्थमन्त्री पौडेल
अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच शिष्टाचार भेट