एजेन्सी । नाइजेरियाको नाइजर राज्यमा आएको भीषण बाढीका कारण तीन दिनमा कम्तिमा ११७ जनाको मृत्यु भएको छ। अझै धेरै जना बेपत्ता छन् ।
उद्धार टोलीहरू सहयोग कार्यमा संलग्न रहेका छन् । बाढीले हजारौं घरहरू ध्वस्त भएका छन् ।
नाइजर राज्यको आपतकालीन व्यवस्थापन एजेन्सीका अधिकारीका अनुसार बाढीका कारण ३ हजारभन्दा बढी घरहरू डुबानमा परेका छन्। उक्त क्षेत्रमा बाँध भत्किँदा अवस्था झनै बिग्रिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
नाइजेरियामा, वर्षायाममा नाइजर र बेनु नदीको किनारमा रहेका क्षेत्रहरूमा प्रायः बाढी आउँछ। गत वर्ष सेप्टेम्बरमा, नाइजेरियाको मैदुगुरीमा भारी वर्षा र बाँध भत्किँदा बाढी आएको थियो, जसमा ३० जनाको मृत्यु भएको थियो र लाखौं मानिसहरू घरबारविहीन भएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १७ जेठ २०८२, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग
श्रीलंकामा भीषण बाढी–पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित
आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च
बाढी पूर्वानुमान: मुख्य नदीहरुमा पानीको सतह बढ्ने, स-साना नदीमा आकस्मिक बाढीको जोखिम