काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट यथार्थपरक ल्याएका दाबी गरेका छन् । शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
अर्थमन्त्री पौडेलले भने, ‘यो बजेट आम्दानी र खर्चको यथार्थपरक रहेको छ । आम्दानी र खर्च दुवैको प्रश्नमा यो बजेट यथार्थपरक छ ।’ यस्तै, यस पटक बजेटको आकारको विषयमा त्यति टिप्पणी नभएको अर्थमन्त्रीले बताए । बिहीबार अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएका थिए ।
बजेट चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगत तर्फ ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तीय तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड विनियोजन गरिएको छ । सरकारले ल्याएको बजेटका लागि राजस्व, अनुदान र ऋणबाट स्रोत जुटाइने भनिएको छ । जसमा राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब र आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब स्रोत जुटाइने भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ जेठ २०८२, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सञ्चार क्षेत्रले सरकारका कमजोरी औँल्याउने र राम्रा काम जनतासम्म पुर्याउनुपर्छ’ : अर्थमन्त्री पौडेल
‘लगानीको वातावरण सिर्जना गर्न सरकार लागिरहेको छ’: अर्थमन्त्री पौडेल
‘मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य’: अर्थमन्त्री पौडेल
नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार कुनै कसर बाँकी राख्दैन’ : अर्थमन्त्री पौडेल
अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन सरकार गम्भिर छः अर्थमन्त्री पौडेल
अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच शिष्टाचार भेट