एजेन्सी । उत्तरी गाजाका धेरै सहरमा पुगेका राहत पर्याप्त नभएपछि अराजकता बढेको छ। राहत वितरणमा लुटपाट सुरु भएको छ। हमासको नियन्त्रणमा रहेको आन्तरिक मन्त्रालयले दिएको जानकारी अनुसार राहत वितरणलाई व्यवस्थित गर्न पुगेका ७ जना प्रहरीको इजरायली हवाई आक्रमणबाट ज्यान गएको छ।
यसै घटनाका बारे इजरायली सेनाले केही प्रतिक्रिया जनाएको छैन तथापि पछिल्लो केही दिन यता इजरायली सेनाले त्यस क्षेत्रमा आतङ्ककारीलाई लक्षित गर्दै प्रहार गरिएको जनाउँदै आएको छ।
स्थानीय श्रोतका अनुसार बिहीबार ४४ जना मारिएका छन्। यसरी मारिनेमा केन्द्रको बुरुजी शरणार्थी शिविरका छन्। यसको एक दिन अघि विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले दुई जनालाई गोली प्रहार गरेर मारिएको जानकारी दिएको थियो।
अमेरिका र इजरायलको साथ पाएको गाजा ह्युमनेटेरियन फाउन्डेसन (जिएचएफ)ले राहत वितरणमा रफाहामा ५० जना घाइते भएको जनाइएको थियो। त्यस समयमा भाग दौडमा यसरी धेरै जना च्यापिएका थिए।
लासहरू भुइँमा ढलेका मुटु नै काँप्ने किसिमका दृश्य सामाजिक सञ्जालमा देखिन थालेका छन। राहत वितरणमा लुटपाट मच्चिन थाले पछि स्थानीय प्रहरीले त्यसलाई व्यवस्थित गर्ने प्रयास गर्दा इजरायली सेनाले आक्रमण गरेको हो।
आइडिएफले भने अन्तर्राष्ट्रिय कानुनको अवज्ञा नभएको दाबी गरिरहेको छ। गत वर्षदेखि नै इजरायलले विभिन्न समयमा त्यहाँको प्रशासनले राखेको प्रहरीको ज्यान लिने गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ जेठ २०८२, १० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजाका २३ लाख नागरिक भोकमरीको चरम जोखिममा
इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु
गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु
तेस्रो दिन पनि गाजामा हवाई आक्रमण, २० जनाको मृत्यु
गाजामा इजरायलको आक्रमणबाट मारिनेको संख्या ११४ पुग्यो
इजरायलको सुरक्षा मन्त्रिपरिषद्द्वारा गाजा 'कब्जा' गर्ने योजना अनुमोदन