बुटवल । रातभरिको वर्षाले डाइभर्सन भत्किएपछि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट–दुम्किबास सडक पाँच घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।
बर्दघाट बजारबाट–५ किलोमिटर पूर्वतर्फ खुर्सानी खोलामा ५ दिन अघि निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएका कारण यातायात ठप्प भएको थियो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका इन्सपेक्टर नारायण थापाका अनुसार मध्यरातिदेखि अवरुद्ध सडक आज बिहान ६ बजेदेखि एकतर्फी खुलाइएको छ ।
चोरमारास्थित गिरुबारी खोलाको डाइभर्सन पनि खोलाले बगाएको छ । सो स्थानमा ठूला मालबाहक गाडीहरु रोकिए पनि रात्रि बस लगायतका अन्य हलुका सवारी साधनलाई होङ्सी सिमेन्ट उद्योगतर्फको बाटो हुँदै आउ–जाउ गराइएको छ ।
जेठ १५ गते राति करिब १ बजेदेखि परेको वर्षासँगै बुटवल–नारायणगढ सडक खण्डको दाउन्ने क्षेत्रको खुर्सानी खोलामा सडक भासिनुका साथै दुम्किबासको विनयी खोला र चोरमारास्थित गिरुबारी खोलाको डाइभर्सन बगाएको थियो ।
पालैपालो खोला पार गर्नुपर्ने भएकाले चोरमारा र दुम्कीवास क्षेत्रमा केहीबेर रोकिन सवारी चालक र यात्रुहरु बाध्य छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) अन्तर्गत पर्ने चोरमारा पुल गत वैशाख २९ गते र दुम्कीवास पुल गत पुस २६ गते भाँचिएपछि खोलाबाट डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन हुँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ जेठ २०८२, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा लामो जाम, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
'अत्यावश्यक काम नपरी नारायणगढ-मुग्लिन-मलेखु सडकमा यात्रा नगर्नू'
मुग्लिन नारायणगढ सडक सञ्चालन
वर्षाका कारण दाउन्नेमा सडक अवरुद्ध
सडकका थप २५ ठेक्का तोड्न सार्वजनिक सूचना
सडक रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु, १७ वटा ठेक्का तोडिँदै