बुटवल । वर्षासँगैको बाढीले विभिन्न ठाउँमा डाइभर्सन बगाएपछि बुटवल–नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।
शुक्रबार बिहान परेको वर्षासँगैको बाढीले डाइभर्सन बगाएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।
दुम्कीबास र चोरमाराको बाढीले डाइभर्सन बगाएको छ भने पूर्वबाट पश्चितमतर्फ आउने दाउन्नेको ओरालोस्थित खुर्साने खोलामा पनि बाढीले सडकमा क्षति पुर्याएको छ ।
इलाका प्रहरी कार्यालय, दुम्कीबासका इन्स्पेक्टर राजन तिमिल्सेनाका अनुसार बाढीले विभिन्न ठाउँमा डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग ठप्प भएको हो ।
सडक अवरुद्ध भएपछि दाउन्ने, दुम्कीबास र अरुणखोलाका विभिन्न ठाउँमा सवारी साधन बाटोमै रोकिएका छन् ।
खोलामा पानीको सतह नघटेपछि सडक खुलाउन समस्या भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ जेठ २०८२, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अविरल वर्षाले रसुवागढी सडक अवरुद्ध
बाढी पहिरोका कारण चार स्थानमा सडक पूर्णरुपमा अवरुद्ध
पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत
नारायणघाट–बुटवल सडक विस्तार : म्याद थप्ने तयारी
कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि...
गुणस्तरहीन सडक निर्माणको स्थानीयद्वारा विरोध