राप्रपाका तीन सांसदको पीएसओ फिर्ता

सफल खबर संवाददाता

बुधबार, १४ जेठ २०८२, १४ : २६
राप्रपाका तीन सांसदको पीएसओ फिर्ता

काठमाडौं। सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन जना सांसदहरूको पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) एकै पटक फिर्ता बोलाएको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पीएसओलाई सरकारले एकै पटक फिर्ता बोलाएको हो ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पीएसओ  खोसिएको बताए ।  उनले भने, ‘सरकारले पीएसओ खोसेको छ । संसदमा सबै सांसदहरू बराबर हुनुपर्थ्यो। तर भएन।’

शाही राप्रपाका प्रमुख सचेतक, सिंह पूर्वाधार विकास समिति र प्रधान पूर्वआइजीपी रहेकोले उनीहरूलाई सरकारले पीएसओ उपलब्ध गराउँदै आएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस