एनआईसी एशिया बैंक र लाईफ ईन्स्योरेन्स कर्पोरेशनबीच बैंकास्योरेन्स सम्झौता

सफल खबर संवाददाता

आइतबार, ०२ मंसिर २०७५, १७ : १२
एनआईसी एशिया बैंक र लाईफ ईन्स्योरेन्स कर्पोरेशनबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २ सय ६५ वटा शाखाहरुबाट सहज रुपमा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको जीवन बीमापोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंककाका.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदरले हस्ताक्षर गर्नुभएको छ । 
    
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुक भर २ सय ६५ शाखा कार्यालयहरु, २ सय ७० एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २ सय १० अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १ सय ७१ अर्ब तथा कर्जा रू. १ सय ४२ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 


 

प्रतिक्रिया दिनुहोस