काठमाडौं । संसद् भवनमा विपक्षी दलहरूको बैठक जारी रहेको छ । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतको बैठक बसिरहेको हो ।
प्रतिनिधिसभामा विपक्षीहरूले खेल्ने भूमिका सन्दर्भमा रहेर नेताहरू छलफलमा जुटेका हुन् । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बैठक बसिरहेको जानकारी गराए ।
हिजो संसद् बैठक बस्न नसकेपछि बुधबार बिहान विपक्षी दलहरूको छलफल गर्ने नेताहरूले जानकारी गराएका थिए । गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै हिजो विपक्षी दलले संसद् बैठक चल्न दिएका थिएनन् ।
रास्वपाले गृहमन्त्रीको राजीनामालाई बटम लाइन बनाएको छ भने राप्रपाले छानबिन समितिको माग गरेको छ । भिजिट भिसा प्रकरणमा विपक्षीमा रहेका माओवादी केन्द्र र राप्रपा लचिलो देखिने संकेत पाएको सत्ता पक्षका एक नेताले जानकारी गराए ।
‘१५ वैशाखमा बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान छ । बजेट ल्याउन उहाँहरूले नदिएर के गर्नुहुन्छ त ?’ ती नेताले भने, ‘नियमित प्रक्रियाबाट बजेट आउँछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ जेठ २०८२, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टर्की संसद्मा मन्त्री शपथ ग्रहणको क्रममा सांसदहरूबीच झडप, केही घाइते
यस्तो छ संसद्मा पहिलो पटक प्रधानमन्त्री कार्कीले गरेको सम्बोधनको पूर्णपाठ
संसद् विघटन नगर्न बिन्ती गर्दै सीके राउतले अघि सारे सातबुँदे प्रस्ताव
संसद्को लाइभ बन्द हुने
प्रधानमन्त्रीको सम्बोधनमा रास्वपाले संसद् अवरोध नगर्ने
आज सङ्घीय संसद्का दुवै सदनकाे बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची