नयाँ दिल्ली । भारतको मणिपुरमा आज भूकम्पका दुई झट्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रेक्टर स्केलमा २ दशमलव ५ र ५दशमलव २ मापन गरिएको थियो । भूकम्पको झट्का महसुस गरेपछि मानिसहरू आत्तिँदै घरबाट बाहिर निस्किएका थिए ।
राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार मे २८ मा भारतीय समयअनुसार बिहान १ः५४ बजे मणिपुरको चुराचन्दपुर जिल्लामा ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो । यस भूकम्पको केन्द्रबिन्दु २४ दशमलव ४६ उत्तर अक्षांश र ९३ दशमलव ७० पूर्वी देशान्तरमा ४० किलोमिटर गहिराइमा थियो । यसको केही समयपछि, मणिपुरमा दोस्रो पटक भूकम्पका झट्का महसुस गरियो ।
एनसीएसका अनुसार, मणिपुरको नोनी जिल्लामा बिहान २ः२६ बजे २ दशमलव ५ म्याग्निच्युडको अर्को हल्का भूकम्प गएको थियो । यस भूकम्पको केन्द्र नोनी जिल्लामा २४ दशमलव ५३ उत्तर अक्षांश र ९३ दशमलव ५० पूर्वी देशान्तरमा थियो, जसको गहिराइ २५ किलोमिटर थियो ।
यद्यपि, यस भूकम्पबाट जनधनको क्षतिको कुनै समाचार आएको छैन । तर, लगातार दुई भूकम्पका कारण मणिपुरका मानिसहरू आत्तिएर घरबाट बाहिर निस्किएका चाहिँ थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ जेठ २०८२, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प
इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प
बंगलादेशमा भूकम्प, १० जनाको मृत्यु, ४५० घाइते
कास्की र मनाङको सिमानामा ३.७ म्याग्निच्युडको भूकम्प
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागु
दार्चुलामा भूकम्पको धक्का