इरान । इरानले अमेरिकासँग आणविक सहमतिका लागि आफू तयार भएको जनाएको छ। युरेनियममा साझेदारी गर्ने कुरामा सहमति हुन नसक्ने जनाएको छ।
तेहरानका विदेश मन्त्रालयका प्रवक्ताले सिएनएनसँगको वार्तामा यी विषय बुझ्न आवश्यक रहेको बताएका छन्।
प्रवक्ता इमाइल बागेसीले यो आणविक कार्यक्रम हतियारको रूपमा प्रयोग गर्नका लागि नभएका कुरा प्रस्ट पार्न चाहेको बताएका छन्। इरानको आणविक शक्तिको रूपमा अधिकार भने कायम रहेकोमा उनले जोड दिए।
अहिले पनि इरान र अमेरिकाको बीचमा बारम्बार भएको वार्ता सकारात्मक मोडमा पुगेको दुवै पक्षले बताएका छन्।
दुवै पक्षले कुनै ठोस निष्कर्ष भने नआई सकेको बताएका छन्। इरानी विदेशमन्त्री अब्बस आराग्चीले वार्तामा केही उत्साहप्रद कुरा भए पनि केही समस्या अझ बाँकी रहेको बताएका छन्।
उनले अबको दुई तीन बैठकमा सबै कुरा सहमतिमा पुग्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १३ जेठ २०८२, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी
इरानको ड्रोन आक्रमणबाट युएईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि बोल्यो चीन, संयुक्त राष्ट्रसंघमा आपत्ति
इरानी आक्रमणको युएईद्वारा कडा निन्दा, आफ्ना सैन्य बललाई 'उच्च सतर्कता' मा रहन निर्देशन
अवस्था सामान्य नहुँदासम्म इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको आह्वान