काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि उठेको प्रश्न र आगामी दिनमा सदनमा निभाउनुपर्ने भूमिकाको विषयमा छलफल गर्न दलको बैठक बोलाएको हो ।
रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा दिउँसा ४ बजे संसदीय दलको कार्यालयमा बैठक बोलाइएको कार्यवाहक महासचिव मनिष झाले जानकारी दिए ।
रास्वपाको आइतबार बसेको केन्द्रीय समिति बैठकले अन्यमाथि नैतिकताको प्रश्न उठेपछि राजीनामा दिनुपर्ने निर्णय गरेको थियो । राजीनामा नदिए संसदमा सजिलो नहुने चेतावनी दिएको थियो । संसद्को बैठक भोलि बिहान ११ बजे बस्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ जेठ २०८२, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भैरहवामा रास्वपाको दुई दिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरु
निर्वाचन आयोगमा रास्वपाको विवरण बल्ल अद्यावधिक, दिपक बोहराकाे सहकोषाध्यक्ष खारेज
थारू भाषालाई कोशी प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न रास्वपाको माग
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
प्रधानमन्त्रीलाई ‘हाउ डेमोक्रेसीज् डाई’ भन्ने किताब पढ्न रास्वपाको सुझाव
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार