विराटनगर । नेपाली काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले संविधान जारी भएको १० वर्ष पूरा भएको सन्दर्भमा राज्यका सबै प्रणालीको समीक्षासँगै सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
आज पत्रकारहरूसँग कुरा गदै नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सहमतिमा मात्र संविधान संशोधन गर्न सहज हुने वास्तविकता प्रस्तुत गर्दै उनले संविधान संशोधनका निम्ति प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सरकारको पनि सहमति आवश्यक भएको विचार व्यक्त गरे ।
जनतामा नैराश्यता बढ्न नदिन सुशासन, सेवा प्रवाहका साथै देशको विकास– निर्माणलाई केन्द्रमा राखेर राज्य संयन्त्रले इमानदारीपूर्वक काम गर्नुपर्नेमा सांसद सिटौलाले जोड दिए ।
देश र जनतालाई प्राथमिकतामा राखेर राजनीतिक दलहरूले आफूलाई आन्तरिक लोकतन्त्रसहित व्यवस्थित गर्नुपर्ने सुझाव दिँदै । सांसद सिटौलाले लोकतन्त्रमा विपक्षीका आवाज सबैले सुन्नुपर्ने बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ बताउन सबै राजनीतिक दलका नेताले जिम्मेवारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने विचार उनले व्यक्त गरे । संवैधानिक निकायको अनुसन्धानमा रहेको विषयलाई लिएर गृहमन्त्रीले राजीनामा गर्न नपर्ने भन्दै उनले नेपाली काँग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरमा हुनसक्ने बताए ।
सांसद सिटौलाले जनमत सङ्ग्रह र हिन्दु राष्ट्र कायम गर्ने विषयमा संसद्मा छलफल हुनुपर्ने धारणा व्यक्त गरे । साथै उनले राजसंस्था पुन:स्थापना हुँदैन भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ जेठ २०८२, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीय व्यवस्थाअनुसार मानसिकता नबदलिएकाले समस्या छ: नेता सिटौला
आन्तरिक एकता नभए बाह्य शक्तिको हस्तक्षेप भइ देश नै कमजोर हुन्छ : कृष्ण सिटौला
पूर्वराजाले राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्छ : सिटौला
सरकारले चाहे ज्ञानेन्द्रलाई नागार्जुनबाट हटाउन सक्छ : कृष्णप्रसाद सिटौला
सिटौला निवासमा कांग्रेस संस्थापन पक्षको भेला
पार्टी र नेता विशेषमा होइन, जनताको पक्षमा संविधान संशोधन हुनुपर्छ : कृष्णप्रसाद सिटौला