काठमाडौं । संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा भावी नेतृत्वको मुद्दा फेरि उठेको छ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराधको मुद्दामा जेल परेपछि रास्वपामा फेरि नेतृत्वको मुद्दा उठेको हो ।
लामिछाने सर्वाेच्च अदालतबाट बन्दी प्रत्यक्षीकरणको रिटमा रिहा हुने आशा रास्वपाले गरेको थियो तर लामिछानेलाई उच्च अदालत दाङले जिल्ला अदालतको निर्णय उल्टाउँदै जेल पठाउने निर्णय गरेको थियो । त्यसपछि पत्नी निकिताले वन्दी प्रत्यक्षीकरणको रिट सर्वाेच्चमा हालेकी थिइन् ।
सर्वाेच्चले उच्च अदालतको निर्णयलाई नै सदर गरेपछि रास्वपामा भावी नेतृत्वको टुंगो लगाउनु पर्ने दवाव बढेको छ । लामिछाने पक्राउ पछि रास्वपामा कार्यवाहक अध्यक्षका रुपमा डिपि अर्यालले नेतृत्व गदैं आईरहेका छन् ।
“सर्वोच्च अदालतको एक दिन अघिको फैसलापछि शनिबार कार्यवाहक अध्यक्ष अर्याल र उपाध्यक्ष वाग्ले रूपन्देहीमा लामिछानेलाई भेट्नुअघि मैले पार्टीले चाल्नुपर्ने अर्को कदमका बारेमा सिफारिसहरू बुझाएको थिएँ,” न्यौपानेले भने, “लामिछानेको चाँडै रिहाइको सम्भावना कम भएकाले पार्टीले तदर्थ आधारमा काम गर्न सक्दैन । पार्टीलाई क्रियाशील र प्रभावकारी बनाउन रिक्त पदहरू भर्नु आवश्यक छ भनेर मैले लिखित रुपमा नै पत्र बुझाएको छु ।”
त्यक्तिमात्रै होइन, रास्वपामा संसदीय दलको नेता पनि अहिले छैन । लामिछाने हिरासत परेपछि उनको पद स्वतः निलम्बनमा परेको छ । रास्वपाका संसदीय दलका उपनेता छन्, विराजभक्त श्रेष्ठ । न उनले दल नेताको जिम्मेवारी पाएका छन्, न अरु नेतालाई नै जिम्मेवारी दिइएको छ ।
रवि लामिछाने जेलबाट छुट्ने र संसदीय निलम्बन फुकुवा हुने रास्वपाको आशमा सर्वाेच्चको बन्दी प्रत्यक्षीकरणको फैसलापछि ठूलो झट्का लागेको छ । त्यसपछि नेताहरुले भावी नेतृत्वको बहस सुरु गरेका हुन् ।
शनिबार रास्वपाका नेता अधिवक्ता यज्ञमणि न्यौपानेले पार्टीका रिक्त पदहरु भर्ने प्रस्ताव गरेपछि यो बहस सतहमा आएको छ । रास्वपाको केन्द्रीय समितिको बैठक आज पनि बोलाइएको छ । लामिछानेको सर्वाेच्चको आदेशपछि शनिबार भर्चुअल सचिवालय बैठक बसेको थियो ।
रास्वपामा अन्य कार्यकारी पदहरु पनि कार्यवाहकको जिम्मामा छ । सभापति कार्यवाहक अध्यक्षको जिम्मामा मात्रै छैन, महामन्त्री समेत कार्यवाहकको जिम्मामा चलेको लामो समय भएको छ । पार्टी महिला उपाध्यक्ष, महामन्त्री, उपमहासचिव लगायतका पदहरु पनि रास्वपामा रिक्त छ ।
अधिवक्ता न्यौपानेले कार्यवाहक अध्यक्ष डीपी अर्याल र उपाध्यक्ष स्वर्णिम वाग्लेलाई सम्बोधन गरेर पत्र नै पठाएर पार्टीलाई नयाँ महासचिव, उपमहासचिव, केन्द्रीय समिति सदस्यहरू र संसदीय दलको नेता नियुक्त गर्न आग्रह गरेका छन्।
लामिछानेको जेल सजायपछि, अर्यालले कार्यवाहक अध्यक्षको भूमिका सम्हाले । तर पार्टीले अहिलेसम्म महिला उपाध्यक्ष नियुक्त गरेको छैन । मुकुल ढकाललाई पार्टीबाट निष्कासन गरेपछि महासचिव पद खाली भएको छ । साथै, सुमना श्रेष्ठले राजीनामा दिएपछि उपमहासचिवको पद रिक्त छ ।
कबिन बुर्लाकोटी कार्यवाहक महासचिव छन् र मनिष झा पार्टी कार्यवाहक प्रवक्ता हुन्। नेतृत्वसँग असहमतिका कारण पदमुक्त नभएसम्म मुकुल ढकालले दुवै जिम्मेवारी सम्हालेका थिए ।
“सर्वोच्च अदालतको एक दिन अघिको फैसलापछि शनिबार कार्यवाहक अध्यक्ष अर्याल र उपाध्यक्ष वाग्ले रूपन्देहीमा लामिछानेलाई भेट्नुअघि मैले पार्टीले चाल्नुपर्ने अर्को कदमका बारेमा सिफारिसहरू बुझाएको थिएँ,” न्यौपानेले भने, “लामिछानेको चाँडै रिहाइको सम्भावना कम भएकाले पार्टीले तदर्थ आधारमा काम गर्न सक्दैन । पार्टीलाई क्रियाशील र प्रभावकारी बनाउन रिक्त पदहरू भर्नु आवश्यक छ भनेर मैले लिखित रुपमा नै पत्र बुझाएको छु ।”
लामिछानेमाथि देशभरका विभिन्न सहकारी संस्थाहरूबाट लाखौं रुपैयाँ ठगी गरेको आरोप छ । पार्टी रिक्त पदहरू पूर्ति गर्ने मुद्दा पहिले पनि उठेको थियो । यद्यपि, जिम्मेवारी तोक्दा गुटबन्दीको सम्भावित जोखिमलाई उद्धृत गर्दै पार्टी नेतृत्व महाधिवेशनसम्म यसको विद्यमान संरचनालाई निरन्तरता दिने मुडमा देखिएको थियो ।
रास्वपामा महाधिवेशन दश महिना टाढा रहेकोले पार्टीले रिक्त पदहरू अहिले नै पूर्ति गर्नुपर्ने बहस फेरि उठेको हो । गत वर्ष भएको पार्टीको राष्ट्रिय सम्मेलनले मे ८–१० मा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर लामिछानेको पक्राउ पछि, यसलाई अर्को वर्षको मार्चसम्म स्थगित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ जेठ २०८२, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?
रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको बैठक
काँग्रेस-एमालेलाई रास्वपा सांसद ढकालको कटाक्ष-‘दुईवटा गभर्नर र नोटमा आफ्नै चुनाव चिन्ह राख्नुहोस्’
आतंकवादविरुद्ध सरकारको अडानको रास्वपाले गर्यो स्वागत
जीवी राईलाई अहिलेसम्म किन पक्राउ नगरेको भन्दै सरकारलाई रास्वपाको प्रश्न
रास्वपाद्वारा रेशम चौधरी पक्राउप्रति न्यायिक छानिबन गर्न माग