काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरुले गरेको योगदानलाई जनतासामु लैजान जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौंमा काङ्ग्रेसका नेता तथा स्याङ्जाका पूर्वसभापति एवं पूर्वसांसद स्वर्गीय खगेन्द्रराज रेग्मीको प्रथम स्मृतिसभालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा रहेर देशका लागि नेताहरुले गरेका योगदानहरुलाई जनतासामु लैजान जरुरी रहेको बताएका हुन् ।
उनले नेताहरुले छाडेर गएका बाँकी कामहरुलाई सवै मिलेर पुरा गर्नुपर्ने धारणा राखे । सभापति देउवाले स्वर्गीय नेता रेग्मी पार्टीमा समर्पित भएर काम गर्ने व्यक्ति भएको स्मरण गरे ।
कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले राजनीतिमा लागेका व्यत्तिले प्रतिफलको आश गर्न नहुने भन्दै राजनीति त्याग र निरन्तर यात्रा भएको बताए । राजनीतिक यात्रामा धेरै अवरोध आउने भएकाले त्यसलाई छिचोल्दै अघि बढ्न सक्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० जेठ २०८२, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संस्थापन टिमले स्वीकार गर्यो देउवाको आग्रह, पुसमा महाधिवेशन !
सिंगापुरको विमानस्थलबाट ह्विल चियरमा बाहिरिए देउवा दम्पती
देउवा दम्पती गए सिंगापुर
गौरापर्वले नारी शक्ति, समर्पण र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्छः सभापति देउवा
‘लखन थापा मगरलाई प्रथम शहीद घोषणा काँग्रेसले नै गरेको हो’ : देउवा
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल