मकवानपुर । हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक शुक्रबार रातिदेखि अबरुद्ध भएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत बन्द भएको र खुलाउने पहल भइरहेको उनले बताए ।
कान्तिलोकपथ सडक अवरुद्ध रहेकाले हेटौँडा–काठमाडौं आवतजावत गर्न वैकल्पिक सडक प्रयोग गर्न उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० जेठ २०८२, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला