विराटनगर। झापा र मोरङका विभिन्न स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ परेका छन् ।लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको विराटनगर महानगरपालिका- १५ स्थितबाट मोरङको सुन्दर हरैँचा नगरपालिका- १० का समिन दर्जी र २२ वर्षीय निखिल रम्तेललाई बिहीबार पक्राउ गरेको हो ।
उनीहरूको साथबाट १ ग्राम ३ सय ३० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । त्यसैगरी प्रहरी चौकी टाघनडुब्बा झापाबाट खटिएको प्रहरी टोलीले झापाको झापा गाउँपालिका- ४ का २२ वर्षीय अनुरोध ताजपुरिया र १९ वर्षीय कुबेरकुमार ताजपुरीयालाई ८ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले झापाको मेचीनगर नगरपालिका- ६ स्थितबाट मेचीनगर नगरपालिका- ७ इँटाभट्टाका २५ वर्षीय घनश्याम माझीलाई ७ सय ६० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ जेठ २०८२, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ