नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यमा बुधबार राति र बिहीबार बिहानको बिचमा आँधीबेहरी र वर्षाले लगभग सम्पूर्ण राज्यमा ताण्डव मच्चायाे । यसैबिच, रूख र पर्खाल ढलेर भएका दुर्घटनामा ५१ जनाको मृत्यु भएको छ ।
पोल भाँचिएपछि बिजुलीको आपूर्ति अवरुद्ध भएको छ । बुलन्दशहरमा ८९ किलोमिटर प्रतिघण्टा र मेरठमा ८० किलोमिटर प्रतिघण्टाको गतिमा आँधीबेहरी चलेको थियो। आगरा र अलीगढ क्षेत्रसँगै, राज्यका अन्य पूर्वी क्षेत्रहरूमा पनि ५० देखि ८० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो। यसका कारण धेरै क्षेत्रमा टिनका र खरको छाना उडाए ।
राजधानी लखनऊ सहित अवधका १२ जिल्लामा बुधबार राति आँधीबेहरीसँगै भारी वर्षा भएको थियो । अम्बेडकर नगरको कुसुमखोर गाउँका ४८ वर्षीय अजय सिंहको चट्याङ लागेर मृत्यु भएको छ । पर्खाल भत्किँदा अमेठीको मैनझर गाउँकी ५९ वर्षकी सीतापति र अयोध्याको रुदौली निवासी ५५ वर्षका सूर्यकलाको मृत्यु भएको छ । ब्रजमा पनि १७ जनाले ज्यान गुमाए । जसमध्ये आगरामा तीन जना र कासगंजमा चार महिलासहित ६ जनाले ज्यान गुमाएका छन् ।
इटाहमा पाँच जना, फिरोजाबादमा दुई महिला र टुन्डलामा एक बच्चाको मृत्यु भएको छ । बन्दौनको बिल्सीमा भत्किएको पर्खालको भग्नावशेषमुनि पुरिएर एक महिलाको मृत्यु भएको छ ।
मुरादाबादमा आँधीबेहरीको समयमा हावा चल्दा छतबाट लडेर एक महिलाको मृत्यु भएको छ । कानपुर र वरपरका क्षेत्रहरू र बुन्देलखण्ड जिल्लाहरूमा २२ जनाको मृत्यु भएको छ ।
आजमगढको अत्रौलियामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । हाथरसमा एक युवकको मृत्यु हुँदा अलीगढमा एक वृद्धाको मृत्यु भएको छ । यसबाहेक पश्चिम उत्तर प्रदेशको मेरठमा एक र बागपतमा दुई जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ जेठ २०८२, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी