एजेन्सी । मिचेल मार्सको शतकको मद्दतमा लखनउ सुपर जायन्ट्सले गुजरात टाइटानलाई ३३ रनले हराएको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत प्ले अफ प्रवेश गर्ने टोलीको यस अघि नै टुंगो लागिसकेको छ। गएरातिको खेल क्वालिफायर १ मा प्रवेशका लागि गुजरातका लागि महत्त्वपूर्ण थियो। पराजयका बाबजुद गुजरात १८ अङ्क सहित तालिकाको शीर्ष स्थानमा छ। लखनउ भने यस अघि नै आईपीएलबाट बाहिरिएको छ।
लखनउ १२ अङ्क सहित छैटौँ स्थानमा छ। गुजरातले अन्तिम खेल चेन्नाई सुपर किङसँग खेल्ने छ। दोस्रो स्थानमा रहेको रोयल च्यालेन्जर बंगलोरु र तेस्रो स्थानको पन्जाब किङ्सको १७ अङ्क छ। दुवैले गुजरातले भन्दा एक खेल कम खेलेका छन्।
बिहीबारको खेलमा २३६ रनको लक्ष्य पछ्याएको गुजरातले ९ विकेटको क्षतिमा २०२ रन मात्र जोड्न सकेको हो। गुजरातका साहरुख खानले २९ बलमा ५७ रनको योगदान गरे। सेरफाने रुदरफोर्डले ३८ तथा जोस बटलरले ३३ रन जोडे। साइ सुदर्शनले २१ तथा कप्तान शुभमन गिलले ३५ रन बनाए।
लखनउका विल ओ रुकेले चार ओभरमा २७ रन खर्चेर तीन विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले दुई विकेटको क्षतिमा २३५ रन बनाए। लखनउका लागि मार्सले ६४ बलमा ११७ रन प्रहार गरे भने निकोलास पूरणले २७ बलमा ५६ रन जोडे।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०९ जेठ २०८२, ०७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
आईपीएल फाइनलमा आज : आरसिबी र गुजरातको भिड्दै : कसले मार्ला बाजी ?
आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने
आईपीएल : हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा
आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित