काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापासँग छलफल गरेका छन् । आफ्नै निवास बुढानीलकण्ठमा बिहीबार बिहान महामन्त्री थापासँग भएको छलफल भएको थियो । छलफलपश्चात् आजै अपराह्न ४ बजे पार्टीका शीर्ष नेताहरूलाई देउवाले बुढानीलकण्ठमा बोलाएका छन् ।
काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहान सभापति देउवा र महामन्त्री थापाबिच समसामयिक विषयमा देउवा निवास बुढानीलकण्ठमा कुराकानी भएको जानकारी दिए । ‘बिहान महामन्त्रीज्यूसँग कुराकानी गर्नुभयो । ४ बजे अन्य शीर्ष नेताहरूलाई छलफलका लागि बोलाउनुभएको छ,’ मुख्यसचिव पौडेलले भने । उनले शीर्ष नेताबिच समसामयिक राजनीति र पार्टीको आन्तरिक राजनीतिबारे छलफल हुने छ ।
कांग्रेसले १० भ्रातृसंस्थालाई गत चैत मसान्तसम्म महाधिवेशन गर्न अन्तिम अल्टिमेटम फागुन एक गते बसेको पदाधिकारी बैठकबाट दिएको थियो । ती मध्य ७ भ्रातृ संस्थाले महाधिवेशन गर्न सकेका छैनन् । ती भ्रातृ संस्थाको तदर्थ समितिलाई खारेज गर्ने कि फेरि म्याद थप्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने नेताहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ जेठ २०८२, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौरापर्वले नारी शक्ति, समर्पण र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्छः सभापति देउवा
‘लखन थापा मगरलाई प्रथम शहीद घोषणा काँग्रेसले नै गरेको हो’ : देउवा
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल
पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् : सभापति देउवा
पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व : देउवा
लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ : सभापति देउवा