काठमाडौँ । काठमाडौँ बालकुमारीस्थित सडक खण्डमा चेकजाँचको क्रममा प्रहरीले १ सय ६८ थान अवैध मोबाइल फोनसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले दुई जनालाई मंगलवार पक्राउ गरेको हो । पक्राउ परेका जिल्ला नुवाकोट, विदुर नगरपालिका १३ घर भएका हाल काठमाडौं बाफलबस्ने वर्ष २४ को शंखर श्रेष्ठ र भक्तपुर नगरपालिका २ बस्ने वर्ष २३ को कुशल सिलपकार रहेका छन् ।
दुवै जनालाई पक्राउ गरी आवश्यक तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ जेठ २०८२, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ