काठमाडौ । बुधबार तोलामा ५ हजार रुपैयाँ बढेको सुनको भाउ बिहीबार (आज) थप १ हजार ७ सय वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (जेठ ८ गते बिहीबार) सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँमा उक्लिएको हो।
यसअघि बुधबार (जेठ ७ गते) सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ थियो भने मंगलबार (जेठ ६ गते) ५ हजार रुपैयाँ कम १ लाख ८४ हजार ८ सय थियो।
सोमबार पनि सुन मंगलबारकै भाउमा किनबेच भएको थियो। आइतबार भने सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँ थियो।
त्यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो। गत वैशाख ९ गते सुनको मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो। जुन हालसम्मकै उच्च मूल्य हो।
यस्तै चाँदीको मूल्य पनि लगातार दोस्रो दिन बढेको छ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला २ हजार २५ रुपैयाँमा किनबेच भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ जेठ २०८२, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको भाउ घट्यो, चाँदीको बढ्यो : कतिमा हुदैछ कारोबार ?
सुनसंगै चाँदीको मुल्य पनि आकसियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?
एक सातामा सुनको मूल्य तोलामै बढ्यो ८ हजार ९०० रुपैयाँ
सुनको मूल्य २ लाख ५० हजार नाघ्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?