काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईलाई 'सबैभन्दा बुद्धि नभएका डाक्टर' भनी आलोचना गरेका छन्।
बुधबार रुकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा उनले बाबुरामविरुद्ध त्यस्तो कडा आलोचना गरेका हुन्।
पत्रकारहरूले बाबुराम भट्टराईसँग पार्टी एकता सम्भव छ भने सोध्दा जवाफमा प्रचण्डले आक्रोशित हुँदै भने, ‘सबैभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले। त्यस्तासँग के गरी एकता गर्ने?’
पार्टी एकता गर्ने भनेरै गत निर्वाचनमा आफू बाबुरामको निर्वाचन क्षेत्र गोरखाबाट उठेको तर पछि भट्टराईले कम्युनिस्ट नाम सुन्नै नचाहेको आरोप प्रचण्डले लगाए।
‘गोरखाबाट लड्दा यो चुनाव मात्रै होइन, पार्टी पनि एउटै बनाउने भनिएको थियो। तर उहाँ पछि कम्युनिस्टको नाम सुन्न चाहनुभएन उनले भने, 'कम्युनिस्ट पार्टीको नाम राख्ने हो भने म एकता गर्दिनँ भनेपछि के गर्ने, बाबुरामका लागि मर्ने?’
उनले थपे, ‘कम्युनिस्ट पार्टी नभन्ने, मार्क्सवाद नभन्ने रे त्यस्तोसँग के गरी एकता गर्ने? खिइँदाखिइँदै अब त पूरै प्रतिक्रियावादीसँग गएर मिल्नुभएको छ। प्रतिक्रियावादीले पनि पत्याउँदैनन् आजभोलि। हाँसोको पात्र भएका छन् बाबुराम देशभरि। कस्तो बुद्धि नभएको डाक्टर।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ जेठ २०८२, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड