काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आगामी बजेट निर्माणमा जनतालाई अनावश्यक करको भार पर्ने कार्य नगर्न सरकारसँग आग्रह गरेका छन् ।
विगतमा पनि सरकारले जनतालाई राज्यद्वारा उपलब्ध गराइने सेवा सुविधालाई सरल र सहज तुल्याउन ध्यान नदिएको आरोप लगाउँदै उनले जनतामा करको भार वृद्धि हुँदा मुलुकमा उत्पादन, व्यापार र व्यवसाय सुस्ताउने बताए।
सङ्घीय संसद्भवनस्थित आफ्नो कार्यकक्षमा बुधबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष साहले भने, “पछिल्ला वर्षहरूमा जनताले निरन्तर भन्दै आएका छन्, हामीलाई करको भार बढ्यो । करका कारण दैनिक उपभोग्यलगायतका हरेक चीजवस्तु महँगो भयो ।”
मुलुकको आम्दानीको ठूलो स्रोत वन, जलस्रोतलगायतको सही उपयोग गर्न सुझाव दिँदै उनले ती वस्तुको संरक्षणका लागि गरिएको लगानीअनुरुप राज्यले लाभ लिन नसकिरहेको बताए ।
राज्यले चलाउन नसकेको उद्योगधन्दा एउटा व्यक्तिविशेषले कसरी चलाउन सक्छ भनी प्रश्न गर्दै अध्यक्ष साहले देशको अर्थतन्त्र जोगाउन, रोजगारी सिर्जना गर्न विद्यमान कर प्रणालीको पुनरावलोकन जरूरी रहेको विचार व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ जेठ २०८२, ०७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठूला दलका नेतालाई बलपूर्वक विदाइ नगरे देश बन्दैन: प्रभु साह
एमालेले ओलीलाई अब अघि नलगाओस् : प्रभु साह
भ्रष्ट नेतालाई नहटाएसम्म मुलुक बन्दैन : प्रभु साह
राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र जोगाउनका लागि सडक सङ्घर्षको विकल्प छैन : प्रभु साह
भारत र चीनका राजदूतहरूको कार्यसम्पादन मुल्यांकन गराैं: प्रभु साह
अब गौर हत्याकाण्डका पीडित परिवारले न्याय पाउनेछन्: प्रभु साह