जनकपुरधाम । नेकपा एमाले धनुषाको ८ औँ जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयन गर्न कडा सुरक्षा घेरामा आज मतदान जारी छ । मतदानस्थल जनकपुरधामस्थित महेन्द्र नारायण निधि संस्कृति भवनमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ छन् । मतदाता परिचयपत्रधारी बाहेक कसैले पनि मतदान स्थलमा प्रवेश पाएका छैनन्, त्यसका लागि निधि भवनको मुख्यद्वारमै दुई घेरामा सुरक्षाकर्मी खटेका छन् । मुख्यद्वार अगाडि सशस्त्र र पछाडी नेपाल प्रहरी परिचलान गरिएको छ ।
विहान १० बजेबाट सुरु हुने भनिएको मतदान करिब ११ बजेबाट सुरु भयो । मतदान २ बजेसम्मका लागि तोकिएको छ । तर डेढ घण्टा ढिलो सुरु भएकाले त्यो समय थपिने एक नेताले बताए । उनका अनुसार मतदान गर्न लाइनमा खडा भइसकेका मतदाता ढिलो गरेर पनि मतदान गर्न पाउनेछन् । कुल ६२८ मतदाता छन् ।
एमाले सचिव रघुवीर महासेठ र केन्द्रीय सदस्य उमाशंकर अरगरियाले जिल्ला पदाधिकारदेखि सदस्यसम्म प्यानल बनाएर उम्मेदवार मैदानमा उतारेका छन् । महासेठले भोला यादव र अरगरियाले लक्ष्मीनारायण यादवलाई अध्यक्षका लागि प्रतिस्पर्धामा उतारेका हुन् ।
चुनावमा भोला र लक्ष्मीनारायणको प्रतिस्पर्धा हुनेछ । तर चुनावी माहोल हेर्दा महासेठ र अरगरिया आपसमा भिडेको देखिन्छ । यी दुई केन्द्रीय नेता यो चुनावलाई प्रतिष्ठाको लडाईं बनाएको नेताहरु नै बताउँछन् ।
उम्मेदवारको विषयमा महासेठ र अरगरिया समूहबीच विवादपछि कुटाकुट भएपछि वैशाख २३ मा मतदान प्रक्रिया स्थगित भएको थियो । त्यसैले आजको मतदान शान्तिपूर्ण र निष्पक्ष बनाउन सुरक्षा कडा पारिएको छ । मतदान स्थलमा संचारकर्मीको प्रवेश समेत निषेध छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ जेठ २०८२, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने होइन, कानूनअनुसार हुन्छ
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज