काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ । सर्लाही, बागमती नगरपालिका-४ जिरायत बजारस्थित सडकमा प्र.३-०२-००६ प ७८६८ नम्बरको मोटरसाइकल र बा.५६ प ५२६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउसो दुर्घटना हुँदा प्र.३-०२-००६ प ७८६८ नम्बरको मोटरसाइकल चालक काठमाडौं महानगरपालिका-२३ बसन्तपुर बस्ने ३० वर्षीय विवेक मानन्धर र बा.५६ प ५२६ नम्बरको मोटरसाइकल चालक रौतहट माधव नारायण नगरपालिका-४ बिसुनपुर्वा बस्ने ३३ वर्षीय नागेन्द्र साह सोनारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको चन्द्रनिगाहपुर प्रालि अस्पताल रौतहटमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुबै मोटरसाइकलमा सवार २ जनाको बागमती मोडेल अस्पताल हरिवनमा उपचार भइरहेको छ ।
सुर्खेत, लेकवेशी नगरपालिका-३ ब्यवारे पुलस्थित सडकमा दशरथपुरबाट लेकफर्सातर्फ जाँदै गरेको क.प्र.०२-००२ प ९७५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ बस्ने २० वर्षीय समीर सुनारको मृत्यु भएको छ ।
मंगलबार दिउसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
महोत्तरी, बर्दिबास नगरपालिका-८ क्वार्टर चोकमा प्र.२-०४-००१ प १४९७ नम्बरको मोटरसाइकल र प्र.२-०३-००१ च २५१७ नम्बरको पिकअप एकआपसमा ठक्कर खाई मंगलबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक रामगोपालपुर नगरपालिका-५ बस्ने ३८ वर्षीय अरुण चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार पिकअप चालकको प्रहरीले खोजी गरिरहेको छ । नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१ सण्डास्थित सडकमा सुनवलबाट परासीतर्फ आउँदै गरेको लु.१८ प २९४५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय लवकुश चौधरीको मंगलबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सिराहा, गोलबजार नगरपालिका-९ स्थित सडकमा चौहर्वाबाट मिर्चैयातर्फ आउँदै गरेको प्र.२-०१-००१ क ०१७१ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-९ गोबिन्दपुर बस्ने महोत्तरी गौशाला नगरपालिका-११ घर भएका ६० वर्षीय हासिम मिया सेखको मृत्यु भएको छ ।
टिपरले मंगलबार दिउसो ठक्कर दिँदा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ जेठ २०८२, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु