काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ । पछिल्लो समय बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट निरन्तर रूपमा निक्षेप रकम उठाइरहेको छ । आइतबार मात्रै पनि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २४ अर्ब रुपैयाँ तान्नेको थियो ।
राष्ट्र बैंकले २१ दिनका लागि बिहीबार दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बैंक तथा वित्तीय संस्थाहरूले बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ ।
राष्ट्र बैंकका अनुसार सावाँ तथा ब्याज भुक्तानी आगामी जेठ २८ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ ।
बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ जेठ २०८२, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक
३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो १० रुपैयाँ दरका नयाँ नोट
डा. कार्कीको संयोजकमा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक
सरकारको खातामा ३ खर्ब ६० अर्ब नगद मौज्दात