काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने उद्देश्य राखेको र त्यो पूरा भएरै छाड्ने दाबी गरेका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले एकल बहुमत ल्याउने काम कष्टपूर्ण भए पनि एमालेका लागि त्यो सम्भव भएको जिकिर गरे ।
‘हामीले मिसन ८४ को उद्देश्य लिएका छौं । एकल बहुमत ल्याउने उद्देश्य लिएका छौं । यो असम्भव छैन । यो विल्कुलै सम्भव छ,’ एमाले अध्यक्ष समेत रहेका ओलीले भने, ‘कसैलाई पनि बहुमत ल्याउन नदिने प्रणाली हामीकहाँ छ । तर, हामीले धेरै सिट ल्यायौं भने कसैलाई बहुमत ल्याउन नसक्ने परिपाटीमा पनि सकिन्छ ।’
अहिलेको समानुपातिक प्रणालीमा हङ पार्लियामेन्टमा हुने बताउँदै उनले यही प्रणालीमा बसेर बहुमत ल्याउन लाग्नुपर्ने उनले बताए । ‘समानुपातिक प्रणाली साधरणतया हङ पार्लियामेन्टमा हुन्छ । यसले कसैको बहुमत आउँदैन । तर, प्रणाली हामीले चुनिसकेको छौं । अहिले यो प्रणाली नै कायम रहन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसै प्रणालीभित्र हामीले बहुमत ल्याउनुपर्ने छ । यो कष्टसाध्य छ, चुनौतीपूर्ण छ तर पनि यो काम नेकपा एमालेका लागि सम्भव छ । हामी एकल बहुमत ल्याउने तयारीमा जुटेका छौं ।’
आफ्नो पार्टी आन्दोलनबाट माझिएर आएको बताउँदै प्रधानमन्त्री ओलीले त्यस अनुसार नै अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ जेठ २०८२, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले गरे रियल मेड्रिडको रंगशाला भ्रमण
अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्: प्रधानमन्त्री ओली
कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउनुपर्छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली स्पेन प्रस्थान
महाकाली सन्धि ठीक छ, चाँडै सरकारले कार्यान्वयनमा ल्याउँछ : प्रधानमन्त्री ओली