हेटौँडा । बागमती प्रदेशसभा बैठक सुरु भएको छ । निर्धारित समयभन्दा २ घण्टा ढिलो गरी प्रदेशसभा बैठक सुरु भएको हो । बिहान ११ बजे बस्ने भनिएको प्रदेशसभा बैठक भर्खर सुरु भएको हो । सत्तापक्ष र प्रतिपक्ष दलहरूबिच बजेट तथा संसद्को हिउँदे अधिवेशन बैठकका विषयमा समय जुट्न नसक्दा निर्धारित समयभन्दा ढिलो गरी बैठक सुरु भएको हो । माग सम्बोधन नभएसम्म बैठक चल्न नसक्ने रणनीति तयार परेका प्रतिपक्ष दलहरूलाई मुख्यमन्त्री लामाको आग्रहमा शुभकामना मन्तव्यको कार्यसूचीमा बैठक सञ्चालन गरिएको हो ।
अधिवेशन बैठक सुरु गर्न भए पनि संसद्का अन्य कार्यसूची भने अघि नबढाउने संसद् सचिवालयले जनाएको छ । सत्तापक्ष र प्रतिपक्ष दल बिचको सहमति पछि मात्र बैठकका कार्यसूची अघि बढाउने तयारी संसद्को रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ जेठ २०८२, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता बस्ने तयारी
बागमती प्रदेशसभा बैठक सुरु
बागमती प्रदेशसभा बैठक साउन २७ गतेका लागि आह्वान
बागमती प्रदेशसभाको बैठक बस्दै
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने