काठमाडौं । नेपाल पहिलोपटक आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको छ । सोमबार सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्दै नेपालले ग्लोबल छनोटमा स्थान बनाएको हो । नेपालले युएईलाई ५ विकेटले हरायो ।
यूएईले दिएको ११५ रनको लक्ष् नेपालले १९ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३४ रन बनाइन् । त्यसअघि यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाउँदै नेपाललाई ११५ रनको लक्ष्य दिएको थियो ।
यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन् । त्यस्तै तीर्था सतिशले २१ तथा हीना होचन्दानीले २० रन बनाए । नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा २० रन दिएर ४ विकेट लिइन् । त्यस्तै कविता कुँवरले २ तथा राजमती ऐरीले १ विकेट लिए ।
नेपालले अब मंगलबार थाइल्याण्डसँग खेल्ने छ । उक्त खेलको नतिजा जस्तो आएपनि नेपाललाई फरक भने पर्ने छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ जेठ २०८२, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिला टी-२० विश्वकपको एसिया छनोट : जितका लागि नेपालले पायो ११५ रनको लक्ष्य
नेपाली युवा महिला टोली विश्वकपमा छनोट
कुवेतविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल
आईसीसी महिला टी-२० विश्वकपको उपाधि न्युजिल्यान्डलाई
अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका महिला टी-२० विश्वकपको फाइनलमा
महिला टी-२० विश्वकपमा इङल्याण्डको लगातार दोस्रो जित