मकवानपुर । बागमती प्रदेशमा सभामा प्रतिनिधित्व गर्ने ७ दल सम्मिलित बैठक सुरू भएको छ । मुख्यमन्त्री बहादुर सिंह लामाले आह्वान गरेको सर्वदलीय बैठक प्रदेशसभा सचिवालय हेटौँडामा सुरू भएको हो ।
जेठ ५ गते बिहान ११ बजेका लागि बोलाएको प्रदेशसभा बैठक सञ्चालनार्थ सर्वदलीय बैठक बसेको हो । बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने ७ मध्ये ५ दल सहभागी छन् । नेपाल मजदुर पार्टी र हाम्रो नेपाली पार्टी सर्वदलीय बैठकमा सहभागी छैनन् ।
पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेशसभा सञ्चालनको विषयहरू टुङ्ग्याउन एवं सत्तापक्ष र प्रतिपक्ष बिचका राजनीतिक सहमति कार्यान्वयनका सवालमा छलफल गर्न पनि सर्वदलीय बैठक आह्वान गरिएको हो ।
हिउँदे अधिवेशन सञ्चालनमा बाधा पुर्याएको, विगतका सहमति, पछिल्लो समय प्रदेश सरकारका कामकाज तथा हालै विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न बैठक बसेको हो । बैठकले प्रदेशसभाको ५ वैशाखमा बस्ने बैठकका कार्यसूचीका विषयमा पनि निर्णय गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ जेठ २०८२, १६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट
मुख्यमन्त्री बानियाँले साउन २७ मा विश्वासको मत लिने