मकवानपुर । बागमती प्रदेशमा सभामा प्रतिनिधित्व गर्ने ७ दल सम्मिलित बैठक सुरू भएको छ । मुख्यमन्त्री बहादुर सिंह लामाले आह्वान गरेको सर्वदलीय बैठक प्रदेशसभा सचिवालय हेटौँडामा सुरू भएको हो ।
जेठ ५ गते बिहान ११ बजेका लागि बोलाएको प्रदेशसभा बैठक सञ्चालनार्थ सर्वदलीय बैठक बसेको हो । बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने ७ मध्ये ५ दल सहभागी छन् । नेपाल मजदुर पार्टी र हाम्रो नेपाली पार्टी सर्वदलीय बैठकमा सहभागी छैनन् ।
पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेशसभा सञ्चालनको विषयहरू टुङ्ग्याउन एवं सत्तापक्ष र प्रतिपक्ष बिचका राजनीतिक सहमति कार्यान्वयनका सवालमा छलफल गर्न पनि सर्वदलीय बैठक आह्वान गरिएको हो ।
हिउँदे अधिवेशन सञ्चालनमा बाधा पुर्याएको, विगतका सहमति, पछिल्लो समय प्रदेश सरकारका कामकाज तथा हालै विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न बैठक बसेको हो । बैठकले प्रदेशसभाको ५ वैशाखमा बस्ने बैठकका कार्यसूचीका विषयमा पनि निर्णय गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ जेठ २०८२, १६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा