काठमाडौ। सिद्धार्थ बैंक र होलिडे इन रिसोर्ट बूढानीलकण्ठबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकका ग्राहकहरूले बूढानीलकण्ठस्थित होलिडे इन रिसोर्ट काठमाडौंमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र सफ्ट बेभरेजमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ जेठ २०८२, १६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिद्धार्थ बैंकका ग्राहकलाई टेस्ट टाउन फूड कोर्टमा १५ प्रतिशत छुट
सिद्धार्थ बैंकका ग्राहकहरूलाई दुसित थानि हिमालयन रिसोर्टमा छुट
सिद्धार्थ बैंकका ग्राहकलाई जङ्गल भिल्ला रिसोर्टमा १५ प्रतिशत छुट
सिद्धार्थ बैंकका ग्राहकलाई मिराबेल रिसोर्टमा १५ प्रतिशत छुट
सिद्धार्थ बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा १५ प्रतिशत छुट