ढाका । भारतले शनिबार बङ्गलादेशबाट आफ्ना बन्दरगाहहरू मार्फत तयारी पोसाक र प्रशोधित खाद्य वस्तुहरू सहित केही वस्तुहरूको आयातमा विशेष प्रतिबन्ध लगाएको छ । वाणिज्य मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी)ले यस सम्बन्धमा एक सूचना जारी गरेको छ ।
डीजएिफटीले लगाएको प्रतिबन्ध तत्काल लागू भएको बताइएको छ । यी प्रतिबन्धहरू अन्तर्गत अब कुनै पनि भूमि बन्दरगाहबाट बङ्गलादेशबाट तयारी पोसाक आयात गर्न अनुमति दिइने छैन । सूचनाअनुसार अब यो न्हावा शेवा बन्दरगाह र कोलकाता बन्दरगाह मार्फत मात्र अनुमति दिइनेछ ।
डीजीएफटीका अनुसार बङ्गलादेशबाट माछा, एलपीजी, कुचिएको ढुङ्गा र खाद्य तेलको आयातमा भने बन्दरगाह प्रतिबन्ध लागू हुनेछैन । मन्त्रालयका अनुसार यी बन्दरगाह प्रतिबन्धहरू भारत हुँदै नेपाल र भुटान जाने बङ्गलादेशी सामानहरूमा पनि लागू हुने छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ जेठ २०८२, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी