भारतले ७ वटा टोलीलाई किन पठाउँदैछ विदेश ?

एजेन्सी

आइतबार, ०४ जेठ २०८२, ०८ : ११
भारतले ७ वटा टोलीलाई किन पठाउँदैछ विदेश ?

एजेन्सी । 'अपरेशन सिन्दूर' र 'सीमापार आतंकवाद विरुद्ध भारतको निरन्तर लडाई' बारे विश्वका विभिन्न देशहरूलाई जानकारी दिन भारतले सात प्रतिनिधिमण्डलहरू  विदेश भ्रमणमा पठाउने भएको छ । 

संसदीय मामिला मन्त्री किरेन रिजिजुले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै देश भ्रमण गर्ने नेताहरूको पूर्ण सूची जारी गरेका छन्। उनी छिट्टै सम्बन्धित देशमा जाने बताइएको छ । 

किरण रिजिजुले जारी गरेको सूची अनुसार यसमा भाजपा र कांग्रेस लगायत धेरै दलका नेताहरू समावेश छन्।

को कहाँ जाने ?

समूह १: बीजेपी सांसद बैजयन्त पाण्डा, भाजपा सांसद निशिकांत दुबे, एआईएमआईएम सांसद असदुद्दीन ओवैसी र अन्य ५ जना साउदी अरब, कुवेत, बहराइन र अल्जेरिया जानेछन्।

समूह-२: भाजपा सांसद रविशंकर प्रसाद, शिव सेना बाट प्रियंका चतुर्वेदी र अन्य ६ जना बेलायत, फ्रान्स, जर्मनी, ईयू, इटाली र डेनमार्क जानेछन्।

समूह-३: जनता दल युनाइटेडका सांसद संजय कुमार झा, तृणमूल कांग्रेसका सांसद युसुफ पठान र अन्य ७ जना इन्डोनेसिया, मलेसिया, कोरिया गणराज्य, जापान र सिंगापुर जानेछन्।

समूह-४: शिव सेना सांसद श्रीकान्त शिन्दे, भाजपा सांसद बांसुरी स्वराज र अन्य ६ जना युएई, लाइबेरिया, प्रजातान्त्रिक गणतन्त्र कंगो र सिएरा लियोन जानेछन्।

समूह-५: कांग्रेस सांसद शशि थरुर, भाजपा सांसद तेजस्वी सूर्य र अन्य ७ जना अमेरिका, पानामा, गुयाना, ब्राजिल र कोलम्बिया जानेछन्।

समूह-६: द्रमुक सांसद कनिमोझी करुणानिधि र अन्य ७ जना स्पेन, स्लोभेनिया, ग्रीस, लाटभिया र रूस जानेछन्।

समूह-७: एनसीपी (एससीपी) सांसद सुप्रिया सुले, भाजपा सांसद अनुराग ठाकुर र अन्य ७ जना इजिप्ट, कतार, इथियोपिया र दक्षिण अफ्रिका जानेछन्।

यी सात प्रतिनिधिमण्डलले  प्रमुख साझेदार देशहरूमा पुगेर अतिवादमा भारतको अडान स्पष्ट पार्नेछन्।