महिला टी-२० विश्वकप : आज नेपाल र बहराइन भिड्दै

सफल खबर संवाददाता

विहीबार, ०१ जेठ २०८२, ११ : ०५
महिला टी-२० विश्वकप : आज नेपाल र बहराइन भिड्दै

काठमाडौँ। आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । खेल आज दिउँसो साढे १२ बजे थाइल्यान्डको तर्डथाई क्रिकेट ग्राउन्डमा सुरु हुनेछ ।यसअघि बहराइनलाई ९ विकेटले पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । 

नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो भने दोस्रो खेलमा हङकङ ७ विकेटले विजयी भएको थियो । नेपालसहित बहराइन, हङकङ, भुटान, कुवेत, थाइल्यान्ड, मलेसिया कतार र यूएई महिला टी-२० विश्वकप एसिया छनोटमा सहभागी छन् ।

 

प्रतिक्रिया दिनुहोस