काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमै आगामी आवको बजेट निर्माण गरिने बताएका छन् । राष्ट्रिय सभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)माथिको छलफलमा उठेको प्रश्नको आज जवाफ दिँदै उनले बजेट कार्यान्वयनमा देखिएको बाधा हटाएर सरकार अघि बढ्ने स्पष्ट पारे ।
“व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण र कार्यान्वयनको सुनिश्चितता गरिनेछ, बजेट कार्यान्वयनबाट मुलुक र आम नागरिकले प्रतिफल प्राप्त गर्छन्”, उनले भने । उनले छलफलबाट प्राप्त सुझावलाई बजेट निर्माण गर्दा ख्याल गरिने प्रतिबद्धता व्यक्त गरे ।
अर्थमन्त्री पौडेलले विकासको ढाँचा, गति र सांस्कृतिक परिवर्तन गर्नुपर्ने कुरालाई सिद्धान्त र प्राथमिकताले जोड दिएको बताए । “अहिलेको विकासको ढाँचा, गति र संस्कृतिले कहीँ पुर्याउँदैन, अब त्यसमा परिवर्तन आवश्यक भएको अनुभूतिका आधारमा सिद्धान्त र प्राथमिकता प्रस्तुत भएको छ”, उनले भने ।
नीति तथा कार्यक्रमसँग सिद्धान्त र प्राथमिकताको मेल खाएको र नीति कार्यक्रमलाई अनुसरण गर्दै सिद्धान्त र प्राथमिकता आएको उनको भनाइ छ । उपप्रधानमन्त्री पौडेलले सिद्धान्त र प्राथमिकताले सन्तुलित र समन्यायिक विकासलाई जोड दिएको, रोजगारी, स्वरोजगारी र गरिबी निवारणलाई महत्त्व दिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ बैशाख २०८२, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सञ्चार क्षेत्रले सरकारका कमजोरी औँल्याउने र राम्रा काम जनतासम्म पुर्याउनुपर्छ’ : अर्थमन्त्री पौडेल
‘लगानीको वातावरण सिर्जना गर्न सरकार लागिरहेको छ’: अर्थमन्त्री पौडेल
‘मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य’: अर्थमन्त्री पौडेल
नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार कुनै कसर बाँकी राख्दैन’ : अर्थमन्त्री पौडेल
अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन सरकार गम्भिर छः अर्थमन्त्री पौडेल
अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच शिष्टाचार भेट