काठमाडौँ । सेयर बजार मङ्गलबार पनि दोहोरो अङ्कले घटेको छ । आज बजार बजार परिसूचक १४.१२ अङ्क घटेको हो । योसँगै २६३४.८६ अङ्कमा कायम भएको छ । आज बजारमा ९ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
बजारमा आज ७७ कम्पनीको मूल्य बढ्दा १६८ वटा कम्पनीको मूल्य घटेको छ, एउटा कम्पनीको मूल्य स्थिर रहेको छ ।
बजारमा आज दुई वटा कम्पनीहरू क्रेट माइक्रो लाइफ र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आज सबैभन्दा धेरैले घटेको छ ।
क्षेत्रगत रूपमा जीवन बीमा, विकास बैङ्क र उत्पादन तथा प्रशोधनमूलक कम्पनीको सूचक बढ्दा अरू सूचक घट्का छन् । सबैभन्दा बढी होटल र ट्रेडिङ क्षेत्रको परिसूचक २ प्रतिशत भन्दा धेरैले घटेको छ ।
आज बजारमा युनिभर्सल पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएका छन् । कारोबार भएको शेयर सङ्ख्यामा पनि युनिभर्सल पावर नै अगाडि रहँदा कारोबार सङ्ख्यामा भने नेपाल माइक्रो इन्स्योरेन्स अगाडि रहेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० बैशाख २०८२, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार