काठमाडौँ । प्रतिनिधिसभाले जेठ १ गतेदेखि १५ गतेसम्मको बैठक बस्ने पाक्षिक क्यालेन्डर तय गरेको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा बिहान बसेको कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री अजय चौरासियासहित प्रमुख दलका प्रमुख सचेतकहरूको बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठकले पाक्षिक क्यालेन्डर बनाएको हो ।
क्यालेन्डर अनुसार जेठ एक गनेदेखि १५ गतेसम्म प्रतिनिधिसभा बैठक ८ दिन बस्नेछ । सभामुखको सचिवालयले उपलब्ध गराएको क्यालेन्डरका अनुसार प्रतिनिधिसभा बैठक जेठ १, २, ४, ५, ६, १३, १४, १५ गरी ८ दिन बस्नेछ ।
प्रतिनिधिसभामा आजबाट विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल प्रारम्भ हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० बैशाख २०८२, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वविशिष्टलाई आजीवन सुविधा दिने चर्चा : सत्तारूढ दलकै सांसदले गरे विरोध
संसद् बैठकको कार्यसूची निर्धारण, पहिलो दिनमै अध्यादेश पेश हुने
संसद् बैठक सुरु भएन, सभामुख र प्रमुख सचेतकबिच छलफल जारी