कोरिया अध्यनमा जान एनओसी स्थगित

सफल खबर संवाददाता

मंगलबार, ३० बैशाख २०८२, ०९ : ०२
कोरिया अध्यनमा जान एनओसी स्थगित

काठमाडौँ l नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययनमा आकर्षक गन्तव्य रहेको दक्षिण कोरियाका लागि अध्ययन अनुमतिपत्र (एनओसी) वितरण स्थगित गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को सूचना जारी नभएसम्मका लागि हालै एनओसी स्थगित गरेको हो । अध्ययनका लागि गएका विद्यार्थीले कोरियामा निकै हैरानी बेहार्नुपरेको भन्दै यसअघि विभिन्न गुनासा आउने गरेका थिए । 

कोरियास्थित नेपाली दूताबासमा समस्या लिएर आउने विद्यार्थी बढेपछि दूताबासले नेपालस्थित परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको थियो । परराष्ट्र मन्त्रालयले पनि विद्यार्थीका गुनासा तथा उनीहरूले बेहोर्नुपरेका हैरानीका विषयमा जानकारी गराउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई केही समयअघि पत्राचार गरेको थियो ।

 मन्त्रालयका अनुसार दक्षिण कोरियामा अध्ययनका लागि जान भन्दै पछिल्लो पाँच वर्षमा ३१ हजार ९७३ बटा एनओसी जारी गरिएको छ । जसमध्ये २०८१ सालमा मात्रै १० हजारको हाराहारीमा एनओसी जारी भएको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस