काठमाडौँ । भारत र पाकिस्तानबीच आज (सोमबार) वार्ता हुँदैछ । दुई हप्ताअघि जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच युद्ध सुरु भएको थियो ।शनिवार मात्रै पूर्ण तहको युद्ध विराम घोषणा भएपछि दुवै देशका आपसी वार्ताबाट विवाद समाधान गर्ने उद्देश्यसहित युद्ध विराम गरेका दुई देशबीच पूर्व निर्धारित तालिका अनुसार आज वार्ता हुन लागेको हो ।
आज दिउँसो दुई देशका सैन्य उच्चधिकारीसहितको वार्ता तय भएको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ । वार्ताको नेतृत्व भारतका सैन्य अपरेशन महानिर्देशक र पाकिस्तानका सैन्य अपरेशन महानिर्देशकले गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
पछिल्लो पटक दुईदेशबीच सैन्य कारबाही हुन थालेपछि छिमेकी राष्ट्र नेपाल र चीनसहित अमेरिका लगायत युरोपियन देशहरूले विवादका विषयमा वार्ता गरेर अघि बढ्न दुवै देशलाई अपिल गरेका थिए । अमेरिकाले दुई देशबीच तत्काल युद्ध विरामसहित विवादको विषय वार्तामार्फत सुल्झाउन सुझाव दिँदै युद्ध विरामका लागि पहल गरेको थियो ।
अमेरिकाले दुई देशबीच वार्ताका माध्यमले कुरा नटुङ्गिए आफू मध्यस्थता गर्न तयार रहेको पनि बताएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ बैशाख २०८२, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?