ठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको मनोबल बढाउने गरी सरकारले काम गर्ने बताएका छन् । उद्योग वाणिज्य महासंघले आज आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सो जानकारी दिएका हुन् ।
उनले भने, ‘निजी क्षेत्रको मनोबल नबढाई, रोजगारी सिर्जना नगरी अर्थतन्त्र राम्ररी अगाडि बढ्न सक्दैन ।’ त्यसैले उद्योगी व्यवसायीहरुका समस्या समाधानका लागि सरकार क्रियाशील रहेको उनको भनाइ छ । ‘अहिलेको सरकार निजी क्षेत्रका कुरा सुन्नका लागि, समस्या समाधानका लागि व्यग्र छ,’ मन्त्री पौडेलले भने ।
यसमा उनले दुईवटा उदाहरण समेत दिए । पहिलो उदाहरणको रुपमा उनले सरकार बनेलगत्तै अर्थतन्त्रको सिथिलता कसरी चिर्ने भनेर छलफल गरी कानुनी व्यवधान अध्यादेशको माध्यमबाट सम्बोधन गर्ने कोसिस गरेको जानकारी गराए ।
दोस्रो उदाहरणको रुपमा भने उनले निजी क्षेत्रको समस्या सम्बोधन गर्न कानुन संशोधनको प्रक्रियाबाट मात्रै पनि पर्याप्त नहुने भन्दै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरेको जानकारी गराए । निजी क्षेत्रको समेत प्रतिनिधित्व भएको सो आयोगले दिएका सुझावलाई क्रमशः कार्यान्वयन गर्ने प्रतिबद्धता उनले जनाए । बजेटको माध्यमबाट, कानुनको माध्यमबाट र कार्यकारी निर्णयको माध्यमबाट क्रमशः माग सम्बोधनको प्रयास गर्ने मन्त्री पौडेलले प्रतिबद्धता जनाए ।
कतिपय सुझाव उपयुक्त भए पनि सम्भव नहुने र कतिपय सभ्व भए पनि उपयुक्त नहुने भन्दै मन्त्री पौडेलले भने, ‘सम्भव र उपयुक्त सुझाव ग्रहण गर्नका लागि मेरो प्रयास रहने छ । म यहाँहरुलाई यो बचन दिन पनि चाहन्छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ बैशाख २०८२, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्री पौडेलद्वारा आगामी बजेटबारे काँग्रेस सभापति देउवासँग परामर्श
आर्थिक सुधारको प्रयास निरन्तर जारी छ: अर्थमन्त्री पौडेल
अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता
सिद्धबाबा सुरुङमार्ग समयमै निर्माण हुन्छ : अर्थमन्त्री पौडेल
तयारीबिनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या देखियो: अर्थमन्त्री पौडेल
वित्त व्यवस्थापनमा लेखा व्यवसायीको भूमिका महत्त्वपूर्ण: अर्थमन्त्री पौडेल