एजेन्सी । भारत र पाकिस्तानले युद्धविरामको सहमति भएको केही घण्टामै एक-अर्कामाथि उल्लंघन गरेको आरोप लगाएका छन्। पछिल्ला दिनहरूमा सीमा क्षेत्रमा भइरहेको सैन्य झडपपछि दुवै पक्षले युद्धविराममा पुग्ने घोषणा गरेका थिए।
भारत-प्रशासित कश्मीरमा विस्फोटको आवाज सुनेपछि भारतका विदेश सचिव विक्रम मिस्रीले भने, "हामीले गरेको सहमतिको बारम्बार उल्लंघन भएको छ।"
त्यसको केही समयपछि पाकिस्तानको विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै भन्यो, "पाकिस्तान युद्धविरामको इमान्दारितापूर्वक कार्यान्वयनमा प्रतिबद्ध छ, तर भारतले केही क्षेत्रमा उल्लंघन गरिरहेको छ।"
गत चार दिनदेखि भारत र पाकिस्तानबीचको द्वन्द्व दशकौंयताकै सबैभन्दा भीषण सैन्य भिडन्त मानिएको छ। सीमावर्ती क्षेत्रमा तोप, मोर्टार र गोली हानाहान भइरहँदा दुवै देशका नागरिक र सुरक्षाकर्मीहरू हताहत भएका छन्।
अब दुवै देशबीच वार्ताबाट समाधानको बाटो खोज्न दबाब बढ्दै गएको देखिन्छ, यद्यपि मैदानमा तनाव अझै कायमै रहेको बीबीसीले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २८ बैशाख २०८२, ०६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यराति भारतले भन्यो: पाकिस्तानले युद्धविराम उल्लंघन गर्यो
गाजामा युद्धविराम वार्ता अन्तिम चरणमा
गाजामा युद्धविराम गराउन दोहामा बार्ता शुरु
अमेरिकी युद्धविराम प्रस्ताव इजरायलद्वारा अस्वीकार
सरकारी प्रतिनिधिबिनै सुडानको युद्धविराम वार्ता शुरू हुँदै