काठमाडौं । भारत–पाकिस्तानबीच बढ्दो सैन्य तनावको बीचमा साउदी अरेबियाका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहानले दुवै देशका विदेशमन्त्रीहरूसँग टेलिफोन वार्ता गरेका छन् ।
शनिबार भएका यी टेलिफोन वार्ताबारे साउदी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रिन्स फैसलले भारतका विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानका विदेशमन्त्री इसहाक डारसँग फोन संवाद गरी भारत–पाकिस्तानबीच जारी सैन्य टकराव अन्त्य गर्न र तनाव न्यूनीकरण गर्ने प्रयासबारे छलफल गरे।’
पाकिस्तानको विदेश मन्त्रालयले पनि इसहाक डार र साउदी विदेशमन्त्रीबीचको संवादबारे जानकारी दिएको छ ।
टेलिफोन संवाद बारे पाकिस्तानी पक्षले भनेको छ,’इसहाक डारले भारतका आक्रमणहरू र त्यसको प्रत्युत्तरस्वरूप पाकिस्तानले लिएको कदमलगायत पछिल्लो सुरक्षा अवस्थाबारे साउदी विदेशमन्त्रीलाई जानकारी गराए ।’
साउदी विदेशमन्त्रीले निर्दोष नागरिकहरूको ज्यान गएकोमा दुःख व्यक्त गरे र पाकिस्तानको संयमित तथा सन्तुलित प्रतिक्रिया प्रति सराहना प्रकट गरेका पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ ।
बीबीसीका अनुसार दुवै पक्षबीच संवाद कायम राख्ने सहमति भएको छ । यता, भारतका विदेशमन्त्री एस. जयशंकर र भारतीय विदेश मन्त्रालयले भने साउदी विदेशमन्त्रीसँग भएको संवादबारे औपचारिक टिप्पणी गरेका छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ बैशाख २०८२, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै