काठमाडौं । भारत–पाकिस्तानबीच बढ्दो सैन्य तनावको बीचमा साउदी अरेबियाका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहानले दुवै देशका विदेशमन्त्रीहरूसँग टेलिफोन वार्ता गरेका छन् ।
शनिबार भएका यी टेलिफोन वार्ताबारे साउदी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रिन्स फैसलले भारतका विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानका विदेशमन्त्री इसहाक डारसँग फोन संवाद गरी भारत–पाकिस्तानबीच जारी सैन्य टकराव अन्त्य गर्न र तनाव न्यूनीकरण गर्ने प्रयासबारे छलफल गरे।’
पाकिस्तानको विदेश मन्त्रालयले पनि इसहाक डार र साउदी विदेशमन्त्रीबीचको संवादबारे जानकारी दिएको छ ।
टेलिफोन संवाद बारे पाकिस्तानी पक्षले भनेको छ,’इसहाक डारले भारतका आक्रमणहरू र त्यसको प्रत्युत्तरस्वरूप पाकिस्तानले लिएको कदमलगायत पछिल्लो सुरक्षा अवस्थाबारे साउदी विदेशमन्त्रीलाई जानकारी गराए ।’
साउदी विदेशमन्त्रीले निर्दोष नागरिकहरूको ज्यान गएकोमा दुःख व्यक्त गरे र पाकिस्तानको संयमित तथा सन्तुलित प्रतिक्रिया प्रति सराहना प्रकट गरेका पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ ।
बीबीसीका अनुसार दुवै पक्षबीच संवाद कायम राख्ने सहमति भएको छ । यता, भारतका विदेशमन्त्री एस. जयशंकर र भारतीय विदेश मन्त्रालयले भने साउदी विदेशमन्त्रीसँग भएको संवादबारे औपचारिक टिप्पणी गरेका छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ बैशाख २०८२, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?